logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेसको मलंगवामा शान्तिपूर्ण प्रदर्शन


  • उज्यालो अभियान

सदरमुकाम मलंगवामा कांग्रेसले आइतवार गरेको प्रर्दशन । (तस्बिर: उज्यालो अभियान)

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आइतवार नेपाली कांग्रेसले शान्तिपूर्ण ढङ्गले प्रदर्शन गरेको छ ।

एक महिनाअघि कुटपीटबाट मारिएका आफ्ना कार्यकर्ता रामनगर गाउँपालिका–७, सिसौटका महेन्द्र रामलाई शहीद घोषणा गर्नुपर्ने, जाहेरी परेकाहरुलाई तत्काल पक्राउ गर्नुपर्ने, पीडित परिवारलाई राहत उपलब्ध गराउनु पर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको हो । यि माग सम्वोधन गर्न आइतवार नै प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई समेत ज्ञापन पत्र पठाइएकोे छ ।

कांग्रेस पार्टी कार्यालयबाट ¥याली निकालेर जिल्ला प्रशासन कार्यालयमा आई ज्ञापन पत्र बुझाएर शहीद चौकमा कोण सभा गरिएको थियो । सभालाई कांग्रेस पार्टी जिल्ला उपसभापति सुरेन्द्र सिंह, पार्टीका नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह र उपेन्द्र कुशवाहा तथा चार नम्बर क्षेत्रका क्षेत्रीय सभापति एवं धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले सम्वोधन गरे ।

प्रहरीले पीडित परिवारले नाम उल्लेख गरेका ११ जना विरुद्ध किटानी जाहेरी समेत लिइसकेको छ । त्यसमध्ये तीन जना पक्राउ परेका र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।