logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सासापुरमा तेक्वान्दोका खेलाडीहरुको ग्रेडिङ


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर गेल्हामा शनिवार नेपाल तेक्वान्दो संघद्वारा ग्रेडिङ कार्यक्रम भएको छ ।

५० जना खेलाडीहरुको ग्रेडिङ कार्यक्रम आयोजना गरिएको नवलपुर तेक्वान्दो डोजाङ्गका प्रशिक्षक दीपक कुमार श्रेष्ठले जानकारी दिए । सासापुर तेक्वान्दो डोजाङका अध्यक्ष पूर्णबहादुर राना मगरको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्ली प्रसाद उपे्रतीको प्रमुख आतिथ्यतामा खेलाडीहरुको ग्रेडिङ गरिएको हो ।

कार्यक्रममा सहभागी भई पूर्व सांसद हरि उप्रेती, नेकपा नेता चुडामणि वाग्ले, अर्जुन पन्त, समाजसेवी भरत कुमार कार्की, सुरक्षा निकायका प्रमुखहरु, नेपाल तेक्वान्दो संघ सर्लाहीका वरिष्ठ प्रशिक्षकहरु भरत भण्डारी, चेतबहादुर ठकुरी, किशोर थापा, नेपाल तेक्वान्दो संघ सर्लाहीका अध्यक्ष बद्री सापकोटा, नवलपुर तेक्वान्दो डोजाङ्गका प्रशिक्षक दीपक कुमार श्रेष्ठ लगायतले खेलाडीहरुलाई हौसल्ला प्रदान गरे ।