logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सरिता गिरीको गुनासो, ‘स्वतन्त्र बिचार राख्दा हटाइँए’


  • उज्यालो अभियान

अन्तक्रियामा मन्तव्य राख्दै नेतृ गिरी । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – निलम्बित संघीय सांसद सरिता गिरीले स्वतन्त्र विचार राख्दा आफूलाई सांसद र पार्टीबाट निष्कासन गरेर अन्याय गरिएको गुनासो गरेकी छिन् ।

सर्लाही सदरमुकाम मलंगवामा शनिवार मधेस और मधेसीका भावी भविष्य तथा राजनीति दशा विषयक अन्तरक्रियामा उहाँले आफूलाई चारै तिरबाट चेपुवामा पार्ने काम भएको गुनासो गरेकी हुन् । पार्टीको निर्णय विपरीत कुनै पनि विषयमा विपक्षी भई मतदान गर्दा निष्कासन गर्न मिल्ने भएपनि पार्टीले समेत आफूलाई त्यसै बहिष्कार गरेको उनको दुःखेसो थियो ।

सरकारले लिपुलेक, लिम्पियाधूरा र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारततर्फ ढल्किएको छनक दिएको तथा संसदमा समेत त्यसैगरी प्रस्तुत भएको भन्दै उनको सांसद पद खोस्दै जनता समाजवादी पार्टी (जसपा) बाट समेत केही समयअघि निकालिएको थियो ।
उनी अहिले आफ्ना कुराहरु राख्दै मधेस दौडाहामा निस्किने क्रममा शनिवार मलंगवा आइपुगेकी हुन् । हृदयनारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कानून सेवा आयोगका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता उमेशचन्द्र झा, नागरिक समाजका अगूवाहरु शिवचन्द्र चौधरी, उग्रकान्त झा, शिक्षासेवीहरु सहित नेतृ गिरीका केही समर्थकहरुको समेत सहभागिता रहेको थियो ।