logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

द्वन्द्व रुपान्तरणकाे अभिमुखीकरण सम्पन्न


  • उज्यालो अभियान

मलंगवा – प्राकृतिक श्राेत द्वन्द्व रुपान्तरण कार्यक्रम अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
दिगाे शान्तिका लागि उन्नत सम्बन्ध भन्ने नाराका साथ शनिबार दिउँसाे जिल्ला समन्वय समितिकाे सभाहलमा कार्यक्रम भएकाे हाे । जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पराजुलीकाे अध्यक्षता रहेकाे कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर निरसल साह, हरिपुर नगरपालिकाका मेयर जमिरुद्दिन मन्सुर, ईश्वरपुर नगरपालिकाका मेयर मनाेज देवकाेटा, बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी माेक्तान, ईश्वरपुर नगरपालिकाकी उपमेयर एकावती चाैधरी, लालबन्दी नगरपालिकाकी उपमेयर शान्तिकुमारी लामा, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल लगाएतकाे अातिथ्यता रहेकाे थियाे ।
विगत २०६५ सालदेखि जारी द्वन्द्व रुपान्तरणकाे कार्यक्रम अन्तर्गत दुई वर्षका लागि छैठाैं चरणकाे कार्यक्रम सुरु भएकाे कार्यक्रमकी सर्लाही संयाेजक एवं राष्ट्रिय श्राेत व्यक्ति पार्वती विकले जानकारी दिईन् । दुई वर्षे कार्यक्रमका लागि २५ लाख ६९ हजार २७३ रुपैंया बजेट अाएकाे उनले बताईन् ।
कार्यक्रममै जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख, न्यायाधिश, प्रजिअ सहित विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधि रहने गरी १५ सदस्यीय जिल्ला संवाद समिति समेत गठन गरेकाे छ ।
कृष्ण गाैतमकाे सञ्चालन रहेकाे कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य एवं सामाजिक अभियन्ता नारायण खपांगीले स्वागत सहित कार्यक्रम बारेमा प्रश्ट्याएका थिए । जिल्ला संयाेजक विकले विगतमा भए गरेका गतिबिधि तथा भावी रणनीति बारेमा प्रस्तुती दिएकी थिईन् । कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर साह, लालबन्दीकी उपमेयर शान्तिकुमारी लामा, प्रजिअ पाैडेल, राष्ट्रिय भूमि अधिकार मञ्चका प्रदेश दुई संयाेजक मदन विक लगायतले कार्यक्रम सफलताकाे शुभकामना मन्तव्य राखेका थिए ।

फाेटाे क्याप्सन : कार्यक्रमबारे जानकारी गराउँदै कार्यसमिति सदस्य खपांगी तथा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालाे अभियान)