ईश्वरपुरको कार्यक्रममा उपस्थित । (तस्बिर : उज्यालो अभियान)


ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा नगर स्तरीय बहुजन समाज परिषद् नेपाल गठन गरिएको छ ।
परिषद्का नेता राजाराम पासवानका अनुसार शनिबार साँझ सम्पन्न भेलाले ३५ सदस्यीय समिति गठन गरेको हो । समितिको अध्यक्ष जलेश्वर राम, उपाध्यक्षमा दरिया माझी, स्याम देबि बिक र नरेन्द्र राम, सचिव धर्मेन्द्र राम, कोषाध्यक्ष बिनदिलाल महारा, सह–सचिब सुरेन्द्र माझी लगायत चयन भएका छन् ।

मिशन १३६ अन्तर्गत बहुजन समाज परिषद नेपालको इश्वरपुर नगरपालिकामा जन संपर्क तथा समिती विस्तार कार्यक्रम गरिएको हो । बहुजन समाजलाई शासक बनाउने अभियान अन्तर्गत देशव्यापी रुपमा परिषद्का ईकाईहरु गठन गर्ने तथा विभिन्न गतिविधि गर्ने काम भईरहेको पासवानले जानकारी दिए ।
