पार्टी प्रवेश कार्यक्रमपछि सामूहिक तस्बिर खिचाइँदै ।
धनकौल – सर्लाहीको धनकौल गाँउपालिकामा सुक्रवार पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
धनकौल गाँउपालिकाको वडा नं ४ – महिनाथपुरमा नेपाली कांगे्रसले पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वडा नं ३ ,४ र ५ का राजिनन्द राय, राजदेव राय ,चण्डेश्वर राय र रामदरेश राय लगायत १३५ जना नेता कार्यकर्ता नेपाली कांगे्रसमा प्रवेश गरेका दावी गरिएको छ ।
नेपाली कांगे्रसमा प्रवेश गरेका सम्पूर्ण कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का रहेका कांगे्रस नेता तथा प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंहले बताए ।
पार्टी प्रवेश कार्यक्रममा प्रदेश सभा सांसद विरेन्द्र कुमार सिंह, धनकौल गाँउपालिकाका अध्यक्ष तथा नेपाली कांगे्रसका क्षेत्रीय सभापति रामआश्रय साह, नेपाली कांगे्रसका प्रदेश सभापति हरेन्द्र सहनी, वडा नं. १ र २ का वडाध्यक्षहरु क्रमशः गौरीशंकर महतो, रामबहादुर सहनी, वडा नं ४ र ५ का नेपाली कांगे्रसका वडा प्रत्यासीहरु, स्थानीय कार्यकताहरुको उपस्थिती रहेको थियो ।