logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

पत्रकार पौडेललाई जुट्यो साँढे ४३ हजार सहयोग


  • उज्यालो अभियान

हरिवन – केही हप्ताअघि मोटरसाइकल दुर्घटनामा परी घाईते भएका सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर निवासी पत्रकार प्रेमनाथ पौडेललाई आर्थिक सहयोग जुटेको छ ।

उनलाई आज (सोमवार) प्रेस संगठन नेपाल प्रदेश कमिटीले पठाएको ७ हजार, बाँकी प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, हरिवन वडा नं. १० र ११ का वडाध्यक्षहरु शम्भु मैनाली र शेष महबुब रेजा, नेपाल पत्रकार महासंघ सर्लाहीका संस्थापक अध्यक्ष चुडामणि वाग्ले र नेकपा नेता कुमार विष्टको तर्फबाट १३ हजार ५ सय रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।

प्रेस संगठन नेपाल सर्लाहीको समन्वयमा संकलित सहयोग हस्तान्तरण कार्यक्रममा मेयर प्रसाईले नगरपालिकाको तर्फबाट २५ हजार रुपैयाँ र हरिवन ४ का वडाध्यक्ष धनबहादुर वाईबाले वडाको तर्फबाट ५ हजार रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । पौडेललाई नगद र प्रतिवद्धतासहित सोमवार एकैदिन ४३ हजार ५ सय रुपियाँ सहयोज जुटेको हो ।

पौडेललाई सहयोग हस्तान्तरण गर्न मेयर प्रसाई, हरिवन १० र ११ का वडाध्यक्ष क्रमश : मैनाली र रेजा, उज्यालो अभियान दैनिकका अध्यक्ष टंकबहादुर क्षेत्री, सम्पादक अच्यूतम सापकोटा, नेकपा नेता विष्ट, विद्यार्थी नेता युवाराज आचार्य, पत्रकारहरु घनश्याम बलम्पाकी, सञ्जु कर्ण, डुकु कोइराला, भक्ति रिजाल लगायत उनकोे निवासमै पुगेका थिए ।

कार्यक्रममा उज्यालो अभियान दैनिकका अध्यक्ष टंकबहादुर क्षेत्रीले जिल्लामा क्रियाशील पत्रकारलाई यस्ता समस्या परेका बेला सँदैव यसैगरी साथ र सहयोग गर्दै जाने बताए । प्रेस संगठन नेपाल सर्लाहीका सहसंयोजक समेत रहेका पत्रकार पौडेललाई संगठनका जिल्ला संयोजक अच्यूतम सापकोटाको पहलमा सहयोग संकलन गरिएको हो ।