हरिवन – पूर्व सांसद एवं समाजसेवी नरेन्द्र साहले शनिवार सर्लाहीको हरिवनमा विभिन्न क्लबहरुलाई खेलकुद सामग्री वितरण गरेका छन् ।
खेलकुदको विकास र खेलाडीको मनोवल उच्च पार्ने उद्देश्यले पूर्व सांसद साहले आफ्नो व्यक्तिगत खर्चमा खेलकुद सामग्री वितरण गरेका हुन् । नव चतुर्भूजेश्वर ब्याडमिन्टन क्लब, न्यू हरिवन युवा क्लब र हरिवन यूथ क्लबलाई फुटबल, ब्याटमिन्टन र भलिबल खेलका सामग्री प्रदान गरेको साहले बताए ।
नव चतुर्भूजेश्वर ब्याडमिन्टन क्बलका कोषाध्यक्ष कोमल दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा साहले आफू पनि खेलपे्रमी भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद सामग्री सहयोग गरेको बताए ।
साहले यसरी बेला–बेलामा विभिन्न प्रकोपबाट पीडित, बिरामी, विपन्न र खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् ।