स्वाभिमान अस्पतालमा भर्ना भएका पासवानलाई भेट्न पुगेका मन्त्री रामेश्वर राय यादव ।
हरिवन – राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवान आज दिउँसो एक्कासी बिरामी परेपछि अस्पताल भर्ना भएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर –२, जुटपानी निवासी पासवानलाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन पु¥याइएको हो । पासवानलाई थप उपचारका लागि काठमाण्डौंलान हेलिकप्टर मगाइएको अस्पतालमा रहनु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिव कमल बुढाथोकीले जानकारी दिए ।
पासवानको अचानक रक्तचाप (पे्रसर) बढेको चिकित्सकले बताएका छन् । बिरामी पासवानलाई भेट्न अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव लगायत नेकपाका नेताहरु स्वाभिमान अस्पतान हरिवन पुगेका छन् ।