logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

ग्रामीण विद्युत सहकारी सोल्टीको अध्यक्षमा कोइराला


  • उज्यालो अभियान

साधारण सभामा उपस्थित अतिथिहरु । तस्बिर : घनश्याम/उज्यालो अभियान

घनश्याम बलम्पाकी/उज्यालो अभियान, सोल्टी – सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी बजारमा रहेको ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा भिमप्रसाद कोइराला चयन भएका छन् ।

मंगलवार सम्पन्न संस्थाको १५ औँ बार्षिक साधारण सभाले कोईरालाको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसैगरी संस्थाको उपाध्यक्षमा विमला बस्नेत (रिजाल) र सदस्यहरुमा दिवाकर सिंह, गणेश कुमार कार्की, महेश पौडेल, दुर्गा खड्का, यशोदा श्रेष्ठ, धु्रव कार्की, यम बहादुर कार्की, प्रेम प्रसाद चौलागाँई, राम कुमारी महतो, राम खेलावन महतो, बैजनाथ महतो, उपेन्द्र महतो र कर्मुल खातुन चुनिएका छन् ।

संस्थाको निवर्तमान अध्यक्ष डम्बर कार्कीको अध्यक्षतामा आयोजित साधारण सभाको प्रमुख अतिथिमा सर्लाही क्षेत्र नम्बर ३ क का प्रदेश सांसद डिल्ली प्रसाद उप्रेती रहेका थिए । सभामा ग्रामीण विद्युत सहकारी संस्थाहरुको केन्द्रीय महासंघका केन्द्रीय सदस्य जंग बहादुर महतो, बागमती नगरपालिका ८, ९ र १० का वडाध्यक्ष क्रमशः मानबहादुर तामाङ, राम बाबु दास र शेष जुगैर, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमल कुमारी पोखरेल, सूर्योदय बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष जवाहर लाल कुशवाह, पूर्व गाविस अध्यक्ष भुपेन्द्र मान श्रेष्ठ, झप्पड बहादुर बस्नेत, सहकारीकर्मी अर्जून देवकोटा, समाजसेवी टंक बस्नेत लगायतको अतिथ्यता रहेको संस्थाले जनाएको छ ।

संस्थाले आर्थिक बर्ष २०७६/०७७ भरी १ करोड ७६ लाख ६९ हजार ९ सय ४० रुपैया ७१ पैसा बराबरको कारोवार गरी १४ लाख ३४ हजार ६ सय ७६ रुपैया खुद मुनाफा गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । बागमती नगरपालिका ८ स्थित यूरिका बोडिङ स्कुलमा आयोजित बार्षिक साधारण सभा मार्फत अबको तिन बर्षका लागि कार्यसमिती चयन भएको कार्यक्रम संचालक राजेन्द्र महतोले जानकारी दिए ।