logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस केन्द्रीय सदस्य श्रेष्ठ र रायलाई कोरोना संक्रमण


  • उज्यालो अभियान

हरिवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र जंगिलाल रायलाई कोरोना भाईरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।

भोली (सोमबार)देखि बस्ने केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा श्रेष्ठ र रायले काठमाडौंमै थ्रोट स्वाब दिएका थिए । नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायका अनुसार हिजो (शनिबार) साँझ दुवैजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

सभापति रायका अनुसार जंगिलाल रायलाई केही दिनअघिदेखि ज्वरो आएको र श्रेष्ठमा भने कोरोना संक्रमणको कुनै लक्षण देखिएको छैन । दुवै जना केन्द्रीय सदस्यहरु केही दिनदेखि काठमाडौंमा रहँदा थुप्रै नेताहरुसँग भेटघाटमा सरिक भएका थिए । केन्द्रीय सदस्य जंगीलाल रायले आफूलाई कमजोर महसुस भएकाले आज (आईतबार) बाट अस्पताल भर्ना भएर उपचार सुरु गर्ने आफूलाई बताएको सभापति रायले जानकारी दिए ।

पूर्व राज्यमन्त्री समेत रहेका श्रेष्ठ रानिगंज तथा संविधान सभासद् राय सलेमपुर निवासी हुन् ।