logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनको थामी टोलमा खानेपानी पुग्दा स्थानीय खुशी


  • उज्यालो अभियान

खानेपानी आयोजनाको उद्घाटन गर्दै मेयर प्रसाईं । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, थामीटोलका स्थानीय वासिन्दा गाउँमा खानेपानी पुगेपछि खुशी भएका छन् ।

गाउँलेको श्रमदानसँगै नगरपालिकाबाट विनियोजित दुई लाख रुपियाँको लागतमा चुरेभेगस्थित थामीटोलमा खानेपानी पुर्याइएको हो । बस्ती भन्दा दुई किलोमिटर तल रहेको ईनारको पानी दुई स्थानमा ट्यांकी बनाएर लिफ्टिङ गरी बस्तीसम्म पुर्याइएको मेयर गणेश प्रसाद प्रसाईंले जानकारी दिए । विहिबार मेयर प्रसाईंले खानेपानी सेवाको उद्घाटन गरेका छन् ।

दुई वर्षअघि निर्माण गरिएको ईनारको पानी गाउँसम्म पुर्याएपछि स्थानीय वासिन्दालाई वर्षौदेखि उकालो ओरालो हिँडेर खानेपानी लिन जानुपर्ने बाध्यता अन्त्य भएको छ । खानेपानीबाट थामीटोलका २५ घरधुरी लाभान्वित भएका छन् । यसअघि हरिवनको वडा नं. १ मा पर्ने केराघारीमा पनि लिफ्टिङ गरी खानेपानी पुर्याइएको थियो ।