logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

अटो पल्टिँदा ३ घाईते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

धनकौल – सर्लाहीको धनकौल गाउँपालिका–१, सेखौनामा अटो रिक्सा पल्टिँदा ३ जना घाईते भएका छन् ।

बरहथवा–मधुवनी सडकमा उत्तरतर्फ आइरहेको ना. २ ह ६५९० नम्बरको अटो पल्टिँदा चालक सहित ३ जना घाईते भएका हुन् । दुर्घटनामा घाईते अटो चालक बरहथवा नगरपालिका–४ का ४० वर्षीय शम्भु महतोसँगै यात्रुहरु सोही स्थानका २९ वर्षीया मनिषा कुमारी चौधरी र ३५ वर्षीया उमेद महतोको बरहथवामा उपचार चलिरहेको छ । तीव्र गतिका कारण अटो अनियन्त्रित भई पल्टिएको बरहथवा प्रहरीले जनाएको छ ।