logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीमा नयाँ इन्स्पेक्टर आए


  • उज्यालो अभियान

लालबन्दी – ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रमुखको रुपमा नयाँ (प्रहरी निरीक्षक) ईन्स्पेक्टर आएका छन् ।

नयाँ इन्स्पेक्टरको रुपमा निर्मल थापा आएका हुन् । ईन्स्पेक्टर थापा महानगरीय प्रहरी वृत्त कालिमाटी, काठमाडौंबाट सरुवा भएर लालबन्दी आएका हुन् ।

त्यस्तै प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण थापा बुधबार बिदा भएर गएका छन् । प्रहरी हेडक्वाटरले देशभरका इन्स्पेक्टरहरुको सरुवा गर्दा थापाको प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखा नक्साल, काठमाडौंमा सरुवा भएको हो । थापा यहाँबाट बिदा भई बुधबार दिउँसो काठमाडौं गएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । उनलाई लालबन्दी नगरपालिकासहित यहाँका विभिन्न सामाजिक संघसंस्थाहरुले फूलमाला र अबिर सहित मायाको चिनो प्रदान गरी बिदाई गरेका छन् । थापा एक वर्ष भन्दा बढी समय लालबन्दी प्रहरीको इन्चार्ज भएर बसे ।

बुधबार नै जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजुप्रसाद कुर्मी पनि बिदा भई गएका छन् । सर्लाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं इन्सपेक्टरले अनिवार्य अवकाश पाएका छन् । उनको ठाउँमा नयाँ इन्स्पेक्टरसँगै लालबन्दी, बरहथवा, हरिवन र जिल्लाका दुई गरी पाँच जना इन्सपेक्टरको केही दिनअघि एकैसाथ सरुवा भएको हो ।