logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

खेतमा जमेको पानीमा डुबेर पासवानको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – आफ्नै खेतमा जमेको पानीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

मलगंवा नगरपालिका–६ सुखैनिया टोल निवासी ५० वर्षीय चन्द्र किशोर पासवानको आफ्नै खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरबाट आधा किलोमिटर टाढा खेतको पानी हेर्न शनिबार साँझ गएका पासपान पानीमा डुबेर मृत्त अवस्थामा फेला परेका थिए ।

त्यस्तै चन्द्रनगर गाउँपालिका–१ रतनपुर निवासी कलेश्वर मिश्रको २ कोठे बासको बेरा खपडाको छानो भएको कच्चि १ तले घर अबिरल बर्षाले भत्किएको छ । मिश्रको घर भत्कँदा एकलाख बराबरको क्षति भएको तथा मानविय र चौपाया भने क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मिश्रका परिवार हाल छिमेकीको घरमा बसेको प्रहरीले जनाएको छ ।