logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

अविरल वर्षाले जलमग्न


  • उज्यालो अभियान

वर्षाका कारण अहिले (विहिबार) दिउँसो हरिवन बजार स्थित पूर्व–पश्चिम राजमार्गको पूर्वी लच्कामा आएको बाढी तर्दै मोटरसाईकल यात्रु । (तस्बिर : उज्यालो अभियान)

हरिवन लच्कामा आएको बाढी हेर्नोस् भिडियो

हरिवन – गएराती देखि परेको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान जलमग्न बनेका छन् ।

केही छिन रोकिएपनि मध्यरात देखि निरन्तर परिरहेको वर्षाले दक्षिणी क्षेत्र मात्र हैन जिल्लाको उत्तरी क्षेत्र पनि जलमग्न बनेको छ । निकास बिनाको बिकासको कारण पनि उत्तरी क्षेत्रको हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, बागमती नगरपालिकाका विभिन्न स्थान जलमग्न बनेको हो । पानी बग्नका लागि ह्युमपाईप, लच्का, कल्भर्ट जस्ता निकासको उपाय नपनाई अग्लो पारेर बनाईएका कालोपत्रेले पछिल्लो समय जताततै डुबान हुन थालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

निकास बिनाको विकासले पछिल्लो समय लच्कामा ठूलो बाढी आउन थालेको पूर्वी लच्का स्थित पानी बग्ने छेउमै घर रहेका सुवास धमलाले गुनासो गरे । सम्बन्धित निकायले निकास सहितको विकासका लागि उचित ध्यान नदिँदा उत्तरी क्षेत्रमा समेत डुबानको समस्या बढ्न थालेको धमलाको कथन छ ।

वर्षाले जिल्लाभर क्षति भए नभएको बारे अहिलेसम्म कतैबाट जानकारी नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।