ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले केही समय पहिला बरामद गरेको लागूऔषधको रुपमा प्रयोग हुने वालरेक्सका बोतल । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित मलंगवाका एक युवा पक्राउ परेका छन् ।
भारतीय सीमा प्रहरी चौकी गोरखकालीको गस्ती टोलीले मलंगवा नगरपालिका–३ निवासी १९ वर्षीय गणेश साहलाई पक्राउ गरेको हो । मलंगवा नपा–१,भेडियाहीबाट बुधबार साँझ साहलाई २८ बोतल वालरेक्सका बोतल सहित नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपाल तर्फ बोराको पोको बोकेर पदैल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा साहले बोकेको बोरा भित्र २८ बोतल वालरेक्स फेला परेको प्रहरीले जनाएको छ ।