प्रतिकात्मक तस्बीर ।
गोडैता – सर्लाहीको गोडैता नगरपालिका–९, बकैनियामा माहुरीले टोकेर ३ वर्षकी बालिकाको मृत्यु भएको छ ।
स्थानीय राजेश चौधरीकी छोरी साक्षी कुमारी सोमबार साँझ खेल्ने क्रममा माहुरीले टोकेर बेहोस भएकी थिईन् । बालिकालाई गाउँकै मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको थियो । उनको उपचारका क्रममा सोमबार राती अस्पतालमै मृत्यु भएको परिवारलाई उद्वृत गर्दै बकैनियाँका वडाध्यक्ष बासुदेव चौधरीले जानकारी दिए ।