logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चेम्बर अफ कमर्सको मलंगवा नगर समिति चयन


  • उज्यालो अभियान

शनिबार दिउँसो मलंगवामा आयोजित भेलाका सहभागि ।

मलंगवा – नेपाल चेम्बर अफ कमर्स मलंगवा नगर समितिको अध्यक्षमा अमित अग्रवाल चयन भएका छन् ।

शनिबार दिउँसो मलंगवामा सम्पन्न एक भेलाले अग्रवालको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति चयन गरेको हो । समितिको अन्य पदाधिकारी भने केही समयपछि चयन गरिने बताईएको छ । त्यस्तै सो भेलाले चेम्बर अफ कमर्सको जिल्ला कार्यसमिति समेत विस्तार गरेको छ ।

यसअघि भदौ २४ गते लालबन्दी नगरपालिका अन्तर्गत परवानीपुरमा भएको एक भेलाले चेम्बर अफ कमर्सको जिल्ला कार्यसमिति विस्तार गरेको थियो । उक्त भेलाले १९ सदस्यीय जिल्ला कार्य समितिलाई विस्तार गरी ३१ सदस्यीय बनाएको थियो । शनिबार मलंगवामा भएको भेलाले १० जना सदस्य थपेर जिल्ला कार्यसमिति ४१ सदस्यीय बनाईएको हो ।

जानकी फैमिली पार्टी प्यालेस मलंगवामा जिल्ला अध्यक्ष रामभक्त प्रधानको अध्यक्षता रहेको भेलामा कमर्सका प्रदेश दुई समितिका वरिष्ठ उपाध्यक्ष निराजन कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष संजय गुप्ताले स्वागत गरेका थिए ।