logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बयलवासमा कांग्रेसको क्षेत्रीय कार्यालय स्थापना


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरमा शनिबार नेपाली कांग्रेस क्षेत्र नं. १ को पार्टी कार्यालय स्थापना गरिएको छ ।

बयलवासस्थित सिनेमा हल चौकमा भाडामा लिएको घरमा पार्टी कार्यालय खोलिएको हो । पार्टी कार्यालयको क्षेत्रीय सभापति प्रमोद बरालको अध्यक्षता एवं आमन्त्रित केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कांग्रेस १ नं. क्षेत्रीय समितिले जनाएको छ ।

सोही अवसरमा संविधानका विषयमा विचार गोष्ठी समेत आयोजना गरिएको छ । कार्यक्रममा कांग्रेस जिल्ला सभापति एवं प्रतिनिधि सभाका सदस्य नागेन्द्र कुमार राय, जिल्ला उपसभापति सुरेन्द्र सिंह, नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुशीला कार्की, पूर्व पार्टी जिल्ला सभापति सत्यदेव सिंह, संविधान सभाका सदस्य रामचन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।