सुमेरु अस्पतालमा उपचाररत कबिता ।
घनश्याब बलम्पाकी/शंकरपुर – सर्लाही बागमती नगरपालीका–८ शंकरपुर निवासि ३० वर्षीया कबिता कुमारी बम्जनको दुबै मृगौला सम्बन्धि जटिल समस्या परेर उपचार भईरहेकाले परिवारका सदस्यले आर्थिक सहयोगका लागि याचना गरेका छन् ।
कबिताकी माइती र घर दुवैतर्फको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले परिवारका सदस्यले आर्थिक सहयोगको याचना गरेका हुन् । कबिताको काठमाडौं धापाखेल स्थित सुमेरु अस्पतालमा उपचार भईरहेको छ । कबिताको थप उपचारको लागि आर्थिक अभावका कारण समस्या भइरहेको भन्दै उनका परिवारका सदस्यले आर्थिक सहयोगको याचना गरेका छन् ।
५ बर्षे बच्चालाई घरमा छाडेर उपचारमा भर्ना भएकी बम्जनको मृगौला सम्बन्धी समस्या देखिएपछि थप उपचार गर्नु परेको श्रीमान हिरालामा बम्जनले जानकारि दिए । उनले फोनमा भक्कानिदै उज्यालो अभियानसँग भने, ‘आफुसँग भएको सबै पैसा सकियो, अब उपचार गर्ने पैसापनि छैन त्यसैले श्रीमतीको जीवन रक्षाको लागि सहयोग गर्नुहुन मनकारी महानुभावहरु समक्ष आग्रह गर्दछु ।’ सहयोग गर्न ईच्छुक व्यक्ति तथा संघ संस्थाहरुले आफ्नो मोबाईल नम्बर ९८६९५०२९२४ मा सम्पर्क गर्न हिरा लामाले आग्रह गरेका छन् ।
बागमती नगरपालिका–८ का वडाध्यक्ष मानबहादुर तामाङले कबिताको उपचारका लागि सहयोग जुटाउने अभियान सूरु गरेका छन् ।