logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कुलमानको नियुक्ति माग्दै हरिवनमा प्रदर्शन


  • उज्यालो अभियान

कुलमानलाई पुनः नियुक्तिको माग राख्दै आज (शुक्रबार) बिहान प्रदर्शनमा सहभागि । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्न माग राखेर सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरिएको छ ।

सामाजिक अभियन्ता तथा सर्भीस फर पिस नेपालका कार्यकारी निर्देशक सरोज खनालको अगुवाईमा आज (शुक्रबार) बिहान प्रदर्शन गरिएको हो । दिनमा १८ घण्टासम्मको लोडसेडिङबाट मुलुकलाई लोडसेडिङमुक्त बनाएको मात्र हैन झण्डै टाट पल्टिने अवस्थामा पुगेको विद्युत प्राधिकरणलाई नाफामा पुर्याएका कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएर वर्तमान केपी ओली सरकारले आम नेपाली जनताको चाहनामाथि कुठाराघात गरेको खनालले बताए ।

कुलमान घिसिङको फोटो सहितको ठूलो ब्यानर बोकेर केहीबेर हरिवनमा प्रदर्शन गरेका उनीहरुले जीपको हुटमा बसेर नाराबाजी सहित कुलमानको पक्षमा तथा सरकारको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागि अर्का अभियन्ता नवराज सुवेदीका अनुसार दिउँसो मोटरसााईकल र्याली समेत प्रदर्शन गर्ने तयारी भईरहेको छ । घिसिङको चारवर्षे कार्यकाल आइतबार पुरा भएको थियो । मंगलबार प्राधिकरणले उनको बिदाइ गरेको छ ।