logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

वृद्धवृद्धालाई दुई परिवारको मिष्ठान भोजन


  • उज्यालो अभियान

फाईल तस्बिर

जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा आश्रय लिएर बसिरहेका बृद्धबृद्धालाई सोह्रश्राद्धमा अहिले पितृको नाममा विभिन्न व्यक्तिहरुले दिनहुँजसो भोजन गराईरहेका छन् ।

सोही क्रममा सोमबार दुई परिवारले बिहान र बेलुकाको भोजन गराएका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१ घर भएका केशव कोइराला र श्रीमती रेणुका कोइरालाले दिवंगत बुवा टीका कोइरालाको सोमबार परेको पुण्यतिथीमा बिहानको भोजन गराएको आश्रमले जनाएको छ । वृद्धबृद्धालाई भोजन गराउन उनीहरुले राष्ट्रिय वाणिज्य बैंक लालबन्दी शाखामार्फत १० हजार रुपैयाँ पठाईदिएका थिए ।

त्यसैगरी हरिपुर नगरपालिका–८, का वडाध्यक्ष हरिबहादुर थापाकी छोरी सुमन कुमारी थापाले वृद्धबृद्धालाई सोमबार बेलुकाको खाना खुवाएकी छिन् । दिवंगत हजुरबुवा लगायत अन्य पितृको नामगरी थापाले बेसहारा बुवाआमालाई भोजन गराएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।

पछिल्लो समय यसरी मनकारी व्यक्तिहरुले विभिन्न अवसर पारेर एक छोक भोजन गराइदिँदा केही स–साना बालबालिका र युवा पुस्ताका युवतीसँगै ४० जना भन्दा बढी वृद्धबृद्धा शरण लिएर बसिरहेका आश्रम सञ्चालनमा टेवा पुगिरहेको छ ।