प्रशिक्षक एवं खेलाडीहरु सामूहिक तस्बिर खिचाउँदै ।
हरिवन – हरिवन नगरपालिका अन्तर्गत पूर्व–पश्चिम राजमार्ग स्थित सूर्ति विकास खेल मैदानमा तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ् गरिएको छ ।

आईतबार सूति विकास खेल मैदानमा तेक्वान्दो डोजाङ्का स्कुलदेखी क्याम्पस सम्म पठनपाठन गर्ने खेलाडीकोहरुको ग्रेडिङ् गरिएको हो । कार्यक्रममा हरिवन तेक्वान्दो डोजाङ्, लालबन्दी नगरपालिका–१,नवलपुरमा रहेको लिटिल फ्लावर बोर्डिङ स्कूलका तेक्वान्दो खेलाडीहरु जम्मा गरि ह्वाईट देखि ब्ल्याक बेल्ट सम्मका खेलाडिहरुको ग्रेडिङ् गरिएको नवलपुर डोजाङ्का प्रमुख दिपक कुमार श्रेष्ठले जानकारी दिए । तेक्वान्दोका प्रमुख गुरु भरत भण्डारी, हरिवन डोजाङका प्रशिक्षक बद्री सापकोटा, नवलपुरका तेक्वान्दो प्रशिक्षक दिपक कुमार श्रेष्ठ लगायत एक सय पच्चिस जना तेक्वान्दो खेलाडीहरुको उपस्थितिमा ग्रेडिङ् कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय कोरोना महामारीका कारणले पेशा व्यवसाय मारमा परेपनि खेल क्षेत्रमा भने युवाहरु आकर्षित भएका छन् । विशेषतः छ महिने लकडाउनको समयमा समयको सदुपयोग गर्दै युवाहरु शारिरीक रुपमा तन्दुरुस्त रहनका लागि तेक्वान्दो डोजाङ्मा बढी आकर्षित भएका नवलपुर तेक्वान्दो डोजाङ्का प्रमुख दिपक कुमार श्रेष्ठले जानकारी दिए । लकडाउन सुरुभएपछि एक सय बढी युवाहरुले तेक्वान्दो खेल्न सुरु गरेका हुन् ।