ईश्वरपुर – सर्लाहीको उत्तर–पूर्वी क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा रहेको फुटबल मैदानको स्तरोन्नति गर्ने काम सुरु गरिएको छ ।
एक दशक अघिसम्म प्रशस्तै फुटबल प्रतियोगिताहरु आयोजना हुने दोङखोरिया फुटबल मैदान पछिल्लो समय बेवारिसे बनेको थियो । ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका युवा समाजसेवी मनोज आचार्यको सहयोगमा फुटबल मैदानलाई स्तरोन्नति गरी व्यवस्थित पार्ने काम सुरु भएको हो ।
गाउँका अगुवा शिव केसीको अगुवाईमा शनिबारबाट मैदानलाई सम्याएर स्तरोन्तिको काम थालिएको छ । लामो सयमदेखि बेवारिसे रहेको फुटबल मैदानको स्तरोन्नतिको काम थालिएपछि खेलाडी र खेलपे्रमीहरु खुशी भएका छन् । फुटबल खेल्नका लागि युवा समाजसेवी आचार्यले केही दिनअघि स्थानीय क्लबलाई तीन थान फुटबल प्रदान गरेका थिए ।