logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्लाहीमा बौलाहा कुकुरको आतंक


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको उत्तरी भेगमा बौलाहा कुकुरले आतंक मच्चाएको छ ।

विहिबार र शुक्रबार गरी दुई दिनको अवधीमा उत्तरी भेगको लालबन्दी, हरिवन र ईश्वरपुरमा बौलाहा कुकुरको टोकाईबाट आठ जना घाईते भएका छन् । कुकुरले लालबन्दीमा मात्रै छ जनालाई टोकेको छ । बौलाहा कुकुरको टोकाईबाट लालबन्दी बजार क्षेत्रमा पर्ने वडा नं. ७ मा पाँच जना र वडा नं. १० मा एक जना घाईते भएका हुन् । यस्तै हरिवन नगरपालिका–११, बासाटोलमा एक जना र ईश्वरपुरमा एक जनालाई बौलाहा कुकुरले टोकेर रेबिज विरुद्धको भ्याक्सीन लगाउन आएका लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

फरक–फरक ठाउँमा बौलाहा कुकुरको आतंक देखिएकाले कुकुर नजिक पर्दा सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । यसअघि सर्लाहीको उत्तरी भेगबाट रेविज विरुद्धको खोप लगाउन सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा पुग्नु पर्ने बाध्यता भएपनि अहिले भने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमै सो भ्याक्सीन उपलब्ध रहेको छ ।