logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीकी किशोरीलाई बलात्कार गर्ने फरार अभियुक्त पक्राउ


  • उज्यालो अभियान

ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा फरार अभियुक्त सुमन विक । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी निवासी एक किशोरीलाई बलात्कार गरेर फरार दुईजना मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका–६ घर भएकी १५ वर्षीया किशोरीलाई गत साउन ५ गते राती बलात्कार आरोपी फरार अभियुक्त स्थानीय २५ वर्षीय सुमन विकलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले बुधबार साँझ पक्राउ गरेको हो । यसबीचमा विक काठमाडौंतिरै लुकेर बसेको र ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले विशेष सुराकीका आधारमा पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले भने अभियुक्त विकलाई लालबन्दी नगरपालिका अन्तर्गत परवानीपुरबाट पक्राउ गरिएको जानकारी दिए । बलात्कार आरोपी लालबन्दी नगरपालिका–७ निवासी २७ वर्षीय रामबहादुर पराजुली भने अझै फरार रहेका छन् ।

यो पनि पढ्नोस्

लालबन्दीकी एक किशोरीले भनिन्, ‘मलाई दुईजनाले रातभर बलात्कार गरे’

लालबन्दी स्थित एक होटलमा भाँडा माझ्ने मजदुरी गर्दै आएकी सोझी खालकी ती किशोरीले आफूलाई विबाह गर्ने प्रलोभन देखाएर दुईजनाले रातभर बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय लालबन्दीमा किटानी जाहेरी दिएकी थिईन् । अर्का फरार अभियुक्त पराजुलीको पनि खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए । पक्राउ परेका अभियुक्त विक विरुद्ध जबर्जस्ती करणी मुद्धा अन्तर्गत कारबाही प्रकृया अगाडी बढाईएको लालबन्दी प्रहरीले जनाएको छ ।