लखन्देही खोलामा आएको बाढी । (फाईल तस्बिर : उज्यालो अभियान)
बरहथवा – लखन्देही खोलामा आएको बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।
हेमपुरबाट टिकुलियातर्फ जाँदै गरेका कविलासी नगरपालिका–४ हेमपुर निवासी ७० वर्षीय सियाराम रायलाई लखन्देही खोलाले बगाएको हो । बरहथवा नपा–१७ श्रीपुर गाउँ भन्दा पश्चिम लखन्देही खोलाले मंगलबार साँझ ती वृद्धलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चुरे भेगमा केही दिनदेखि वर्षा भइरहेकाले बाग्मती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँके जस्ता खोलाहरुमा जुनसुकै बेला आकस्मिक बाढी आउन सक्ने हुँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।