logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

“नागरिक भोकमरीमा पर्न थाले, जीवनयापन सहज बनाऊँ” : प्रदेश सभा सदस्य सिंह


  • उज्यालो अभियान

प्रदेश सभा सदस्य सिंह ।

धनकौल – प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले कोरोना संक्रमणको महामारी र निरन्तरको लकडाउनले गरिव तथा विपन्न वर्गका नागरिक भोकमरीको चपेटा पर्न थालेका भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उज्यालो अभियानसँग कुरा गर्दै प्रदेश सभा सदस्य सिंहले नागरिकलाई भोकमरीबाट बचाउन ठोस कदम चाल्न प्रदेश र संघीय सरकारसँग माग समेत गरे । उनले जनजीवन सामान्य बनाउन कुनै पहल नभएकोमा आपत्ति समेत जनाएका छन् ।

नागरिकको प्रतिनिधिको हैसियतले जिल्लामै मेसिआर मेसिनको व्यवस्था गरी जाँचको दायरा बढाउन र बेरोजगार भई भोकमरीको चपेटामा परेका नागरिकको समस्या सुनिदिन आग्रह गरेका छन् । उनले प्रदेश २ कोरोनाको हटस्पट बन्दै अहिलेसम्म ११ हजार बढी संक्रमित र १ सय बढीको मृत्यु भइसहेको भयावह अवस्थाको पनि ख्याल गर्न सरकारसँग आग्रह गरेका छन् ।