logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा बर्थिङ सेन्टर बन्दै


  • उज्यालो अभियान

बर्थिङ सेन्टर स्थापनाका लागि सम्झौता कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिकामा पनि प्रसुती सेवाका लागि बर्थिङ सेन्टर स्थापना हुने भएको छ ।

हरिवन नगरपालिका–८ स्थित प्रसुती गृहका लागि निर्माण गरिएपनि सञ्चालन हुन नसकेको स्वास्थ्य चौकी भवन परिसरमै बर्थिङ सेन्टर स्थापना गर्न लागिएको हो । करिब १७ लाख रुपैंया लागतमा ३ महिना भित्र बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने गरी आज (शुक्रबार) दुुईपक्ष बीच सम्झौता भएको छ । दातृ निकाय आड्रा नेपालको आर्थिक सहयोग रहने उक्त कार्यका लागि बागमती सेवा समाज नेपाल हरिवन र हरि नगरपालिकाका मेयर गणेशप्रसा प्रसाईं बीच सम्झौता भएको हो । बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की र मेयर प्रसार्इंले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा उपमेयर रेणुका पौडेल, वडाध्यक्ष यज्ञबिनोद ढुंङ्गेल, नगरपालिका स्वास्थ्य शाखा संयोजक शशिकान्त सिंह,प्रसुती गृहका अध्यक्ष राजकुमार उप्रेती, सासापुर हेल्थपोस्ट इन्चार्ज श्याम बिनोद कुशवाहा लगायतको उपस्थिती रहेको थियो । स्वास्थ्यचौकी परीसरमै रहेको छुट्टै सानो भवनलाई मर्मत संभार एवं आवश्यक उपकरणहरु जडान गरी बर्थिङ सेन्टरको रुपमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । बर्थिङ सेन्टरका लागि प्रसुती सेवा हेर्ने एकजना स्टाप नर्स भने नगरपालिका कार्यालयले नै नियुक्ति गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।