logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

समाजसेवी आचार्यद्वारा खेलकुद सामग्री सहयोग


  • उज्यालो अभियान

बयलवास – समाजसेवी मनोज आचार्यले ईश्वरपुर नगरपालिकाको विभिन्न क्लबहरुलाई आइतवार खेलकुद सामग्री सहयोग गरेका छन् ।

ईश्वरपुरकै भक्तिपुर निवासी आचार्यले नगरका ६ वटा क्लबहरुलाई निःशुल्क रुपमा खेलकुद सामग्री उपलब्ध गराएका हुन् । उनले नवप्रतिभा युवा क्लब, सखुवनी युवा क्लब, फुल्जोर युवा क्लब, नवयुवा क्लब, आदर्श युवा क्लब र सूर्यजीत युवा क्लबलाई पाँच/पाँच थान फुटबल र अहिले कोरोना महामारीका बेला प्रयोग गर्न मिल्ने स्वास्थ्य सुरक्षा सामग्रीहरु उपलब्ध गराएका छन् ।

कोभिडको मारमा परेर गाउँघरमै बसिरहेका युवाहरुमा खेलकुदको माध्यमबाट सकारात्मक सोँचको विकास गर्न आफूले यस किसिमको सहयोग प्रदान गरेको समाजसेवी आचार्यले बताए ।