प्रतिकात्मक तस्बिर ।
गोडैता, १२ असोज – बोर्डर छेउको गाउँ गोडैता नगरपालिका-१, बहादुरपुरमा आज मध्याह्न मलामी गएका एक वृद्ध खोलाले बगाएर बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार ७० वर्षीय छित्नु साह दाहसंस्कारको काम सकेर नुखाउनेक्रममा सोती खोलाले बगाएर बेपत्ता भएका हुन् ।
सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीका अनुसार खोलाले बगाएर बेपत्ता वृद्धलाई स्थानीय वासिन्दा र लोकल प्रहरीले खोजी गर्दा अवस्था थाहा हुन नसकेपछि महोत्तरीको बर्दिवासस्थित सशस्त्र प्रहरी बलको बाहिनीबाट गोताखोर टोली आइरहेको उज्यालो अभियानसँग बताए ।