logo
  • मङ्लबार, कार्तिक ११, २०८३ / Tuesday, Oct, 27 ,2026

सर्लाहीको महेन्द्र हाइवेमा अत्यधिक खाल्टाखुल्टी, गाडी चलाउनै मुस्किल


  • उज्यालो अभियान

मनिषबहादुर बुढाथोकी/लालबन्दी ०९ असोज – सर्लाहीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग (हाइवे) मा अत्यधिक खाल्टाखुल्टी हुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

निरन्तरको वर्षापछि निर्माणाधीन हाइवेमा जताततै खाल्टाखुल्टी पर्दा यात्रु तथा सवारी चालक हैरान भएका छन् । हाइवेमा ‘ज्यानामारा’ खाल्टाखुल्टीका कारण मोटरसाइकल, टेम्पु, जीपलगायतका साना सवारी साधन बाम्बार दुर्घटनामा पर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख (एसपी) रवीन्द्रनाथ पौडेलले महेन्द्र राजमार्ग खराब भएकोबारे आफूले आज दिउँसो सडक आयोजनाका प्रमुखसँग कुरा गरेको बताए । उनले हामीसँग भनेका छन्, “हाइवेको अवस्था अहिले असाध्य बिजोग नै देखिन्छ, त्यसैले तत्काल मर्मतको व्यवस्था गर्न पहल गरिरहेका छौँ ।”

कमला-ढल्केबर-पथलैया सडक आयोजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेशकुमार दासले राजमार्गका खाल्टाखुल्टीमा तत्काल गिट्टी, बालुवा हालेर मर्मत गरिने उज्यालो अभियानसँग बताएका छन् ।