बरहथवा, ०९ असोज – सर्लाहीको बरहथवा नगरपालिका-११, प्रतिटोलमा आज दिउँसो करेन्ट लागेर एउटा भैँसी मरेको छ ।
स्थानीय इन्दल महत्तोको आफ्नै घर अगाडी दुहना भैसी बाटोको छेउमा बाँधीएको अवस्थामा २२० भोल्टेजको नाङ्गो तार एकासी चुडी भैसी माथि परी करेन्ट लागी मृत्यु भएको हो ।
करेन्ट लागेर एक लाख बढी मुल्यको भैँसी मरेपछि किसान चिन्तित बनेका छन् ।