लालबन्दी, ०७ असोज – आज दिउँसोदेखि सर्लाहीको मौसम बदली भएको छ ।
यहाँ बिहानभर टन्टलापुर घाम लागेकोमा दिउँसोदेखि आकाश कालोमैलो भएर मौसम बदली भएको हो । उत्तरी भेगका केही ठाउँमा पानी पर्न सुरु भएको छ ।
बिहानसम्म चर्को घाम लागेर उखरमाउलो गर्मी खेपेका स्थानीयले दिउँसोदेखि हावा चल्न सुरु भएर मौसम बदली भएसँगै शित्तलता महसुस गरिरहेका छन् ।