गोडैता, ३० भदौ – सर्लाहीको गोडैता नगरपालिका-५, रामवनमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ ।
बरहथवाबाट रामवनतर्फ गइरहेको प्रदेश २-०३-००१७ प ७१३५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार गोडैता नगरपालिका-५, रामवनकी ६५ वर्षीया शान्ति देवीको मृत्यु भएको हो ।
घाइते शान्ति देवीलाई उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।