नवलपुर, १८ भदौ – लालबन्दी नगरपालिका-१, नवलपुरमा रहेको नेत्रगन्ज महिला बचत तथा ऋण सहकारी संस्थाले पनि बाढी पीडितका लागि सहयोग प्रदान गरेको छ ।
संस्थाले भोटेकोशी बाढी पीडितका लागि संस्थाका संचालक, कर्मचारी र सदस्यबाट गरेर एक लाख ४२ हजार ६७० रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको संस्थाका पूर्व अध्यक्ष मन्दिरा आचार्यले जानकारी दिईन् ।