बयलवास, १८ भदौ – सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलवास बजारमा आज ११६ जनाले रक्तदान गरेका छन् ।
ईश्वरपुर नगरपालिका, लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्डलगायतको आयोजनामा भएको कार्यक्रममा ९९ जना पुरुष र १७ जना महिला सहभागी भएर रक्तदान गरेका लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्डका अध्यक्ष डा. आलोककुमार कुशवाहाले जानकारी दिए । उनका अनुसार नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र मलंगवासँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
भोटेकोशी बाढीको बिनाशपछि घाइते भएकाहरुको उपचारमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम सम्पन्न गरिएको डा. कुशवाहाले बताए ।