logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सवारी पार्किङ र व्यवस्थापन सम्वन्धी अन्तरक्रिया


  • उज्यालो अभियान

मलंगवा, १६ भदौ – सर्लाही सदरमुकाम मलंगवामा मंगलबार सवारी साधनहरु पार्किङ एवं व्यवस्थापन सम्वन्धी सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।

मलंगवा नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा अन्तरक्रिया गरिएको हो ।

मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा सहभागीले जिल्लामा सवारी साधन पार्किङको अस्तव्यस्तताबारे गुनासो तथा सल्लाह, सुझाव व्यक्त गरेका थिए ।

अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं इन्स्पेक्टर झलक शर्माले जानकारी दिए ।