logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

खाजाको पैसा बचाएर बाढी पीडितलाई सहयोग


  • उज्यालो अभियान

लालबन्दी, १६ भदौ – जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० (साइपाल) सेक्सनका विद्यार्थीले खाजाको रकम जोगाएर बाढी पीडितलाई सहयोग गरेका छन् ।

विद्यार्थी प्रिया ठाकुरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विद्यार्थीहरु भएर खाजाको पैसाबाट पाँच हजार ७१५ रुपियाँ जम्मा गरेको जानकारी दिईन् ।

विद्यार्थीहरु आफै आज राष्ट्रिय वाणिज्य बैङ्कको लालबन्दी शाखामा पुगेर रकम जम्मा गरेका हुन् ।