हरिवन, १६ भदौ – भोटेकोशी बाढी पीडितका लागि हरिवनमा केन्द्रीय कार्यालय रहेको सगुन बचत तथा ऋण सहकारी संस्था र संस्थामा कार्यरत कर्मचारीले पनि सहयोग गरेका छन्
संस्था र कर्मचारीको तर्फबाट दुई लाख ५० हजार बढी सहयोग गरेका हुन् । संस्थाका अध्यक्ष केशवप्रसाद ढकाल र प्रवन्धक रविन्द्र रानाले सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थाको तर्फबाट दुई लाख २२ हजार २२२ रुपैयाँ र कर्मचारीहरुको तर्फबाट ३१ हजार रुपैयाँ गरी दुई लाख ५३ हजार २२२ रुपैयाँ जम्मा गरिएको जानकारी गराएका छन् ।
सगुनले राज्यलाई परेको ठूलो प्रकोपको समयमा हातेमालो गर्न सदैव अग्रसर हुँदै बाढीबाट प्रभावित परिवारहरुको राहत उद्धार तथा पुनःस्थापना सहयोग पुर्याउन र समुदायको सुखदुःख र विश्वबन्धुको भावना आत्मसाथ गर्दै संस्थाले आफ्नो सामुदायिक विकास कोषबाट सहयोग प्रदान गरिएको उल्लेख गरेको छ ।