लालबन्दी, १६ भदौ – लायन्स क्लब लालबन्दी सिटीले पनि बाढी पीडितका लागि एक लाख ३० हजार रुपैयाँ सहयोग गरेको छ ।
क्लबले उक्त रकम आज सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को-अर्डिनेटर राजकुमार न्यौपानेले जानकारी दिए ।
भोटेकोशी बाढी पीडितका लागि थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको न्यौपोनेले बताए ।