बयलवास, १६ भदौ – ईश्वरपुर नगरपालिका-६, बयलवास बजारमा रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाले पनि भोटेकोशी बाढी पीडितका लागि आर्थिक सहयोग गरेको छ ।
संस्थाको सामाजिक उत्तरदायित्व कोष र कर्मचारीको एक दिनको पारिश्रमिकसमेत गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख पाँच हजार रुपैयाँ सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भरत साहले जानकारी दिए ।