बागमती, १५ भदौ – महेन्द्र राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीस्थित इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले मदिरा ओसार पसार गरिरहेको कारसहित तीनजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान साँढे ३ बजे चेकजाँच गर्ने क्रममा नवलपरासी जिल्लाबाट पुर्वतर्फ आउदै गरेको DL 10 CE 6160 नम्बरको भारतिय टोयटा कारको पछाडिको सिट मुनि फल्स बटन बनाइ लुकाई छिपाई राखेको ४ लाख ४४ हजार १०० रुपैंया बाराबरको बिल बिजक बिनाको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए । प्रहरीका अनुसार कारबाट ८० बोतल भोड्का, ८७ बोतल रोयल स्ट्याग (ठूलो) १३० बोतल रोयल स्ट्याग (सानो) बरामद् भएको छ ।
इलाका प्रहरी कार्यालय कर्मैयका प्रमुख प्रहरी नायब निरीक्षक रोशन लामिछानेको कमाण्डमा खटिएको टोलीद्वारा मदिरासहित कारमा सबार भारतको गौतम बुद्ध निवासी ४० वर्षीय अनिल शर्मा, नजवगढ साउथ वेस्ट २८ वर्षीय मो. सारुख अन्सारी, सितामाढी रेवासी निवासी २१ वर्षीय प्रबेन्द्र कुमारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रकृया अगाडी बढाइएको प्रनाउ गौतमले जानकारी दिए ।