logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चोरीको मोटरसाइकलसहित हरिपूर्वाका यादव पक्राउ


  • उज्यालो अभियान

मलंगवा, १५ भदौ – चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् ।

सर्लाहीको पर्सा गाउँपालिका-४ का राजकुमार यादवको आफ्नै घर अगाडी पार्किङ गरी राखेको BR 30 U 5376 नम्बरको मोटरसाईकल चोरी भएको थियो । चोरी भएको खबर प्राप्त हुनासाथ सूचना प्रदान गरेपछि महोत्तरी जिल्लाको गौशाला नगरपालिका-७ मनहरवा टोल मगरथाना महोत्तरीबाट खटीएको प्रहरी टोलीले उक्त मोटरसाइकलसहित चोरी गरेको आरोपमा सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका-१ निवासी २० वर्षीय नितेश कुमार यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

मोटरसाइकलसहित पक्राउ परेका यादवलाई आवश्यक कानूनी कारबाहीका लागि सर्लाहीतर्फ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।