logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तीनतले सामुदायिक वनको २१ औँ साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

वुद्धबहादुर विक/लालबन्दी, १४ भदौ – सर्लाहीको लालबन्दी नगरपालिका-१५, मा पर्ने तीनतले सामुदायिक वन उपभोक्ता समितिको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

लालबन्दी-१५, देउरालीस्थित सामुदायिक वनकै कार्यालयमा अध्यक्ष तीर्थबहादुर बम्जनको अध्यक्षता तथा वडाध्यक्ष गोरखबहादुर बलको प्रमुख आतिथ्यतामा वन उपभोक्ता समितिको नियमित वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हेमबहादुर कार्की, सव डिभिजन वन कार्यालय लालबन्दीका नवीन गौतम, सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका सचिव तिलकबहादुर घलान, खानेपानी संस्था लालबन्दी-१५ का अध्यक्ष उद्धव मोक्तान, शिक्षक ज्ञानेन्द्र कार्की, पूर्व जनप्रतिनिधि कृष्णराज थोकर, समाजसेवी विवेक बम्जनलगायतको उपस्थिति रहेको थियो ।

वार्षिक साधारण सभामा वनको वार्षिक आय-व्यय सार्वजनिकसहित उपभोक्ता समितिले गरेका निर्णयहरु पारित गरिएको छ ।