logo
  • शुक्रबार, भदौ १२, २०८३ / Friday, Aug, 28 ,2026

हरिवनका प्रेमबहादुर ३ दिनपछि मृत फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिवन, ११ भदौ – सर्लाहीको हरिवन नगरपालिका–७ मा तीन दिनदेखि बेपत्ता प्रेमबहादुर थिङ बिहीबार मृत फेला परेका छन् ।

५० वर्षीय थिङलाई हरिवन नगरपालिका-६, चार्लीस्थित सामुदायिक वन नजिक चार्लीबाट मुर्तियातर्फ जाने नहरको डिलमा मृत फेला पारिएको हो । बिहीबार दिउँसो वनमा निगुरो खोज्न गएका मानिसले थिङलाई मृत फेला पारेका हुन् ।

मृतक थिङको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

प्रहरीका अनुसार थिङले अत्यधिक मदिरा सेवन गर्ने गरेको र घर आउँछन भनी खोजीसमेत नगरी बसेको पाइएको छ ।