logo
  • बुधबार, भदौ १०, २०८३ / Wednesday, Aug, 26 ,2026

बाख्रा चराएर फर्कदै गरेका दुई बालबालिका करेन्ट लागेर घाइते


  • उज्यालो अभियान

चक्रघट्टा, ०९ भदौ – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज साँझ करेन्ट लागेर दुई बालबालिका घाइते भएका छन् ।

साँझ ७ बजेतिर बाख्रा चराएर घर फर्कदै गर्दा पोलको तार चुँडिएर करेन्ट लाग्दा चक्रघट्टा गाउँपालिका-८ का दिनेश रामको छोरा १८ वर्षीय आकाशकुमार राम र हरिनारायण रामकी छोरी १५ वर्षीया सन्चनाकुमारी राम घाइते भएका हुन् । घाइते दुवै बालबालिकाको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले बताए ।

प्रहरीका अनुसार आकाशकुमारको बायाँ हातमा करेन्ट लागेर चोट लागेको छ भने सन्चनाकुमारीको अवस्था सामान्य छ ।