logo
  • मङ्लबार, भदौ ९, २०८३ / Tuesday, Aug, 25 ,2026

बरहथवामा पुरुष मृत फेला, परिवार भन्छ-हत्या गरियो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बरहथवा, ०८ भदौ – बरहथवा नगरपालिका-७, तीनघरियामा आज एक पुरुष मृत फेला परेका छन् ।

सोही ठाउँमा किराना पसल चलाउने बरहथवा नगरपालिका-३, भगवतीपुरका ४६ वर्षीय राजेश्वर पुरी बिहानै मृत फेला परेका हुन् । पुरीलाई कलभर्टमुनी नालीमा मृत फेला पारिएको हो ।

मृतकका ज्वाइँ सुवास गिरीले ससुरालाई आइतबार रातभर भोज खुवाएर हत्या गरिएको उज्यालो अभियानसँग बताएका छन् । स्थानीयका अनुसार मृतक राजेश्वर राति गाउँमा छठियार भोजमा सरिक भएका थिए ।

पसलको उधारो खाएका मानिसहरु मिलेर ससुराको हत्या गरेका ज्वाइँ सुवासले दावी गरेका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीले प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद नदेखिएको बताएका छन् ।

आफै घटनास्थलमा पुगेका डिएसपी सुवेदीले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने उज्यालो अभियानसँग बताए ।