logo
  • मङ्लबार, भदौ ९, २०८३ / Tuesday, Aug, 25 ,2026

नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न


  • उज्यालो अभियान

मलंगवा, ०६ भदौ – मधेशका ३ जिल्लाका सुरक्षा अधिकारी र भारतको सितामढीका सुरक्षा अधिकारबिचको बैठक आज सर्लाहीको छिमेकी जिल्ला महोत्तरी सदरमुकाम जलेश्वरमा सम्पन्न भएको छ ।

सर्लाही, महोत्तरी र रौतहट तथा मित्रराष्ट्र भारतको बिहार राज्यअन्तर्गत सितामढी जिल्लाका सुरक्षा अधिकारीबिच बैठक सम्पन्न भएको हो । जलेश्वर नगरपालिकाको सभाहलमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बैठक बसेको हो ।

खुला सीमा क्षेत्रमा शान्ति सुरक्षा, सुशासन, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपत् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सीमा समन्वय समितिको बैठक सम्पन्न गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।

बैठकमा सितामढीका सुरक्षा प्रमुख तथा नेपालतर्फ तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, भन्सार कार्यालय प्रमुखलगायतको उपस्थिति रहेको थियो ।